TodayPati

मधेश प्रदेश : प्रहरी हिरासतमै महिलाले गरिन् आत्महत्या


टुडेपाटी-
जनकपुरधाम, साउन ५ गते ।

सर्लाहीमा हिरासतमा रहेकी एक महिलाले आत्महत्या गरेकी छन् ।

स्थानीय चक्रघटा गाउँपालिका ८ कि वर्ष ४० वर्षिय हजरत खातुनले हिरासत कक्षको शौचालयमा राती पासो लगाएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ।  
सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र जियारका अनुसार राति १० बजे शौचालय गर्न जाँदा     शौचालको ढोकामा कपडाले पासो लागेपछि सिकिस्त अवस्था प्रहरीले उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको डिएसपी पजियारले बताए ।

Sponsored

उनका अनुसार श्रावन १ गते नेपाल भारत सीमा क्षेत्र मलंगवा नगरपालिका ८ झिलमिलियामाईबाट सशस्त्र प्रहरीले पाँच लाख ४ हजार नगद, १८७.७७ ग्राम चादी र ७.०७ सुन सहित खातुनसहित दुईजनालाई नियन्त्रणमा लिएको थियो ।

आत्महत्या बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *