TodayPati

चन्द्रनगर गाउँपालिकामा सोहजन आन्दोलन हुने

टुडेपाटी-
जनकपुरधाम, साउन २ गते ।

सर्लाहीको चनद्रनगर गाउँपालिकामा किसानहरुले आर्थिक वृद्धिको लागि सोहजन आन्दोलन गर्ने भएका छन् । चन्द्रनगर गाउँपालिकाले सोहजन खेतीको अवधारणा ल्याई किसानहरुको आम्दानी वृद्धि गराउन सोहजन आन्दोलनको सुरुवात गरेको हो ।

असार ३१ गते चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले सोहजन आन्दोलनको घोषणा गरेका हुन् । ‘सम्मानित जिवन समृद्ध चन्द्रनगर’ नाराका साथ चन्द्रनगरबाट सोहजन आन्दोलन सुरु गरेको हो ।

Sponsored

तराई मधेशका २२ वटै जिल्लामा समेत यो आन्दोलन तिव्र गतिमा फैलिने पालिका अध्यक्ष महतोले दावी गरे । ‘सोहजन खेतीबाट चन्द्रनगरका किसान आर्थिक लाभ लिएर चन्द्रनगरलाई समृद्ध बनाउने छन् । यो खेती आन्दोलनको रुप लिई तराई मधेशका जिल्लामा पनि पछि बिस्तार भएर मधेशकै अर्थतन्त्र रुपान्तरण गर्ने हाम्रो विश्वास छ’ पालिका अध्यक्ष महतो भन्छन् ।

सोहजन पोषण, स्वास्थ्य, सौन्दर्य, वातावरण तथा समुद्धिको लागि बहुउपयोगी बिरुवा हो । सोहजनलाई अंग्रेजीमा मोरिंगा ओलियफेरा भन्निछ । चन्द्रनगरमा सोहजन खेती गरेर सोहजन उधोग तथा अनुसन्धान केन्द्र खोलेर गाउँपालिकालाई समृद्ध बनाउने अध्यक्ष महतोले बताए । उनले चन्द्रनगरमा सोहजनको पातको चुर्ण, फेसवास, सावुन, तथा विभिन्न औषधीहरु उत्पादन तथा प्रशोधन गरी उधोग मार्फत राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारिकरण गरी चन्द्रनगरलाई समृद्धीको दिशा तर्फ लगिने उनको विश्वास छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *