घट्यो सार्वजनिक सवारीको भाडा
टुडेपाटी–
काठमाडौं, साउन १ गते ।
पेट्रोलियम पदार्थमा सरकारले स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा घटेको छ ।
स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।
स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो ।
त्यसैलाई आधार बनाएर विभागले यात्रुबहाक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ ।
मालबहाक सवारीमा पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटेको महानिर्देशक नारायणप्रसाद भट्टराइले बताए ।
Sponsored