मधेश प्रदेश: आर्थिक विधेयक प्रदेशप्रमुखबाट प्रमाणिकरण
टुडेपाटी–
जनकपुरधाम, असार ३१ गते ।
मधेश प्रदेशसभाबाट पारित भएको विभिन्न विधेयकलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रमाणिकरण गरेका छन् ।
प्रदेश प्रमुख मिश्रले ‘मधेश प्रदेशका केही कानूनलाई संशोधन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तथा आर्थिक विधेयक, २०८० लाई आज प्रमाणिकरण गरेका हुन् ।
उनले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम विधेयकहरु प्रमाणीकरण गरेका हुन् ।
फाइल तस्विर
Sponsored