आज कहाँ कहाँ छ भारी वर्षाको सम्भावना ?
टुडेपाटी-
जनकपुरधाम, असार ३० गते ।
हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा मेघ–गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा मेघ–गर्जन÷चट्याङ्गसहित भारी वर्षा को समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सबै प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।