मधेश प्रदेशः एमालेका नेताहरु चढेको गाडी दुर्घटनामा
टुडेपाटी–
जनकपुरधाम, असार २९ गते ।
नेकपा एमालेका नेताहरु सवार गाडी सप्तरीमा दुर्घटनामा परेको छ ।
एमालेको सप्तरी जिल्ला कमिटीका नेताहरू चढेको गाडी दुर्घटनामा परेको हो ।
केन्द्रीय सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईका अनुसार जिल्ला कमिटी सप्तरीको बैठकका लागि राजविराज जानेक्रममा छप्कीमा गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा जिल्ला कमिटी सदस्यहरू किरण पन्थ, हरिहर बस्नेत, भुवन केसी, सुनिता कटुवाल र बच्चुलाल चौधरी घाइते भएका छन् ।
राजविराज अस्पतालमा उनीहरूको उपचार भइरहेको सचिव भट्टराईले जनाएका छन् ।
Sponsored