TodayPati

जनकपुरमै बिएससी एजी पढाई हुने, ४८ सिटका लागि जेसीसीले पायो सम्बन्धन

फाएजा फामिदा

जनकपुरधाम, असार २७ गते ।
जनकपुरधाममै पहिलो पटक ब्याचलर अफ साइन्स (अनर्स) इन एग्रीकल्चर पढाई हुने भएको छ ।

जनकपुर कम्युनिटी कलेज (जैसीसी) ले ब्याचलर अफ साइन्स (अनर्स) इन एग्रीकल्चरको नयाँ पाठ्यक्रमको लागि सम्बन्धन प्राप्त गरेसँगै उसले अगामी शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्न लागेको हो ।

Sponsored

शैक्षिक वर्ष २०८० ८४ देखि सुरु हुने पाठ्यक्रममा भर्नाका लागि जेसिसिलाई ४८ सिट उपलब्ध गराइएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयबाट बुधवार कलेजले ब्याचलर अफ साइन्स (अनर्स) इन एग्रीकल्चरका लागि सम्बन्धन पाएको हो ।

पुर्वाञ्चल विश्वविद्यालयको योजना महाशाखाका प्रमुख डा. कोमल दुलाल, कलेजको संचालक समितीका अध्यक्ष अमित ठाकुर र सदस्यहरु सोहन कुमार साह, सुरुची लाल, अनिल कुमार साह, आशिष कुमार झा र ज्योत्सना क्रान्तिको उपस्थितिमा सम्बन्धन पत्रमा हस्ताक्षर भयो।

Sponsored

जेसीसी जनकपुरमा बीएससी एजी कोर्स गर्ने पहिलो कलेज बनेको छ। बिएससी एजी कोर्स चार वर्षे कार्यक्रम हो जसले कृषिका विभिन्न पक्षहरु जस्तै बाली उत्पादन, माटो विज्ञान, बिरुवा रोगविज्ञान, पशुपालन, कृषि व्यवसाय र बायोटेक्नोलजीलाई समेट्छ ।

पाठ्यक्रमले विद्यार्थीहरुलाई कृषि र सम्बद्ध क्षेत्रहरुमा करियर बनाउन सैद्धान्तिक ज्ञान र व्यावहारिक सीपहरू प्रदान गर्ने लक्ष्य राखेको प्रिन्सीपल डा. सोहनप्रसाद साहले जानकारी दिए ।

जेसीसीमा बीएससी एजी कोर्सको सुरुवातले जनकपुर र नजिकैका क्षेत्रहरूमा कृषिमा डिग्री खोज्ने विद्यार्थीहरुको पहुँचमा वृद्धि हुने अपेक्षा गरिएको छ।

कलेजले योग्य विद्यार्थीहरुलाई छात्रवृति पनि प्रदान गर्ने उनले जानकारी दिए ।

जेसीसीमा बीएससी एजी पाठ्यक्रमले कृषिमा रुचि राख्ने र नेपालको यस क्षेत्रको विकासमा योगदान दिन चाहने विद्यार्थीहरुलाई आकर्षित गर्ने अपेक्षा गरिएको कलेजका संचालक समितिका अध्यक्ष अमित ठाकुरले बताए ।

पाठ्यक्रमले विद्यार्थीहरुलाई कृषिमा उच्च अध्ययन र अनुसन्धानका लागि पनि तयार पार्ने उनको भनाई छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *