जनमत पार्टी सरकारमा सहभागी हुँदै, जनकपुरधामको मेयरमा पराजित अनिता मन्त्री बन्दै
टुडेपाटी-
काठमाडौं, असार २६ गते ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जनमत पार्टी सहभागी हुने भएको छ।
जनमतले सरकारमा सहभागी हुन अनितादेवी साहलाई सिफारिस गरेको पार्टीका अध्यक्ष सिके राउतले बताए।
अनिता जनकपुरधामको मेयरमा पराजित भएकी थिइन् । उनी पछि प्रतिनिधिसभामा समानुपातिक सांसद बनिन् ।
अध्यक्ष राउतले प्रधानमन्त्रीले केही दिन पहिले नै आफ्नो पार्टीको तर्फबाट नाम मागेकोमा नाम बुझाएको बताए । उनले मन्त्रालय र शपथको भने टुंगो नलागेको बताए ।
स्रोतका अनुसार प्रचण्डले जनमत पार्टीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्।
Sponsored
अहिले माओवादीका अमनलाल मोदी यो मन्त्रालयका मन्त्री छन्।
जनमतले सिफारिस गरेकी अनिता पार्टी सचिव हुन्।