ललितानिवास प्रकरणमा थप दुई जना पक्राउ, पक्राउ पर्नेको संख्या १४ पुग्यो
टुडेपाटी–
काठमाडौँ, असार २६ गते ।
बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। यस सँगै पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।
मंगलबार बिहार सरकारी जग्गा हिनामिना गरेको आरोपमा थप दुईजना काठमाडौँबाट पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ।
पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र रहेका छन्।
यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले यस प्रकरणमा ४०६ जनालाई प्रतिवादी बनाएर अनुसन्धान अघि बढाएको हो ।
Sponsored