सांसदकै योजनामा प्राविधिकले कमिसन लिए : सांसद किरण कुमारी
टुडेपाटी–
जनकपुरधाम, असार २५ गते ।
मधेश प्रदेशकी जसपाकी सांसद किरण कुमारीले सांसदकै योजनामा प्राविधिकलाई १० प्रतिशत कमिसन दिने गरिएको भन्दै आपत्ति जनाएकी छन् ।
सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक विधेयक २०८० माथिको समान्य छलफलको क्रममा उनले यस्तो बताएकी हुन् ।
उनले कमिसन लिने प्राविधिकलाई कारबाही गर्ने नीति ल्याउन पनि माग गरेकी छन् । उनले यस्तो बताएकी हुन् ।
उनले प्रदेश सांसदकै योजनामा प्राविधिकले अनिर्वाय १० प्रतिशत कमिसन लिने गरेको र त्यसको प्रमाण आवश्यक परे आफूले सार्वजनिक गर्ने पनि बताएकी छन् ।
उनले भनिन्, ‘इन्जिनियरले १०÷१५ प्रतिशत कमिसन नदिएसम्म भुक्तानी नदिने अवस्था छ । कमिसन नदिँदा ४२ लाखको योजनामा ३५ लाख मात्र भुक्तानी दिइयो । इन्जिनियर र प्राविधिकले विभिन्न बहानामा भुक्तानीको समयमा झन्झट दिए । कमिसन दिँदा सबै मिल्ने ? यो समस्या कहिले समाधान हुने ?’
Sponsored
भ्रष्टाचार नियन्त्रणका लागि प्राविधिक कर्मचारीको सम्पत्ति सुद्धिकरण गर्न समेत उनले माग गरिन् ।