मधेश प्रदेशः भुक्तानी नदिएको भन्दै नगरपालिकामा तालबन्दी र धर्ना
टुडेपाटी–
सप्तरी, असार २५ गते ।
उपभोक्ता समिति र विभिन्न फर्मका सञ्चालकहरूले विकास निर्माणको काम सकिए पनि भुक्तानी नदिएको भन्दै सोमवार राजविराज नगरपालिकामा तालाबन्दी गर्दै मुख्यद्वारमा धर्ना बसेका छन्।
सडक बोर्डका योजना, ससर्त अनुदान अन्तर्गतका योजना, वडास्तरीय योजनासहितका विभिन्न योजनामा काम सम्पन्न भइसकेको भन्दै भुक्तानी नदिएको आरोप लगाउँदै उनीहरु धर्ना बसेका हुन्।
उपभोक्ता विनोद यादवले काम सम्पन्न भइसकेकोपछि अनुगमन गरेर पनि भुक्तानी नदिएको बताए । उनले ऋण सापटी र उधारोमा सामान खरिद गरी काम गरेको र अहिले भुक्तानी नदिएर नगरपालिकाले अलपत्र पारेको आरोप लगाए ।
आक्रोशित उपभोक्ताहरूले नगरपालिका भवनमा तालाबन्दी गरेका छन् ।
भुक्तानीको मागसहित नाराबाजी गर्दै उनीहरु कार्यालय परिसरमा धर्ना बसेका छन् ।
Sponsored
चालु आर्थिक वर्षको भुक्तानीको चेक काट्ने समय असार २४ गते आइतबार राति १२ बजेसम्म मात्र रहेको थियो ।