११ महिनामा ११ खर्ब १२ अर्ब भित्रियो रेमिट्यान्स
टुडेपाटी–
काठमाडौं, असार २५ गते ।
चालु आर्थिक वर्ष २०७९÷८० को ११ महिनाको अवधिमा विदेशमा रहेका नेपालीले ११ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यास नेपाल पठाएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म आएको यो रेमिट्यान्स गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.७ प्रतिशत बढी हो ।
यस्तै, अमेरिकी डलरमा समेत रेमिट्यान्स १३ प्रतिशत वृद्धि रहेको छ । अहिले डलरमा ८ अर्ब ५१ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ ।
जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख ५९ हजार ४१५ जना पुगेको छ । यो अघिल्लो आवको तुलनामा ४६.६ प्रतिशत बढी हो ।
Sponsored