TodayPati

कोरोना भाइरसको विषयमा सबैभन्दा पहिले जानकारी दिने डाक्टरको मृत्यु

एजेन्सी, माघ २४ गते ।


कोरोना भाइरस विषयमा सबैभन्दा पहिले जानकारी दिने चिनियाँ डाक्टर लि वेन्लियाङको कोरोनाको मत्यु भएको छ । कोरोना भाइरसकै संक्रमणटबाट डा. वेन्लियाङको मृत्यु भएको हो ।
चीनको उहान सेन्ट्रल हस्पिटलमा कार्यरत डा. लि वेन्लियाङको कोरोना भाइसरकै संक्रमणका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।

गएको ३० डिसेम्बर ३४ वर्षीय डा. वेन्लियाङले आफ्ना सहकर्मीहलाई भाइरस संक्रमण भयावह रूपमा फैलिन सक्ने भन्दै सचेत गराएका थिए ।

Sponsored

नयाँ वर्षको छेकोमा उहान सहरमा अधिकारीहरूले कोरोना भाइरससँग सम्बन्धित समाचार ढाकछोप गर्न खोजेका थिए ।

उनको मृत्युबारे विरोधाभासपूर्ण विवरणहरू आएका छन् । तर चीनको पीपल्स डेलीले उनको मृत्यु स्थानीय समयानुसार शुक्रबार बिहान ३ बज्न लाग्दा भएको उल्लेख गरेको बीबीसीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *