TodayPati

संसद अवरोध हटाउने समझदारी, प्रधानमन्त्रीले सम्बोधन गर्ने

टुडेपाटी–
काठमाडौँ, असार २४ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद्को अवरोध हटाउने विषयमा समझदारी बनेको छ ।

आइतबार ३ बजेका लागि तय भएको बैठकलाई प्रधानमन्त्री दाहालले सम्बोधन गरेर प्रतिनिधिसभा बैठक अगाडि बढाउने समझदारी भएको एमाले र कांग्रेस नेताहरूले जानकारी दिएका छन् ।

Sponsored

एमालेका एक सांसदले भने, ‘प्रधानमन्त्रीले आफ्ना कुरा राखेर सदनको अवरोध हटाउने समझदारी भएको छ ।’ असार १८ गते दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको थियोे ।

प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लले छलफल सकारात्मक भएको जानकारी दिएका छन् ।

कांग्रेसका मुख्य सचेतक रमेश लेखकले पनि प्रधानमन्त्री बैठकको सुरुमा बोल्ने र संसद् सुचारु राख्ने विषयमा समझदारी बनेको बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *