प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच सिंहदरबारमा बैठक जारी
टुडेपाटी–
काठमाडौं, असार २४ गते ।
संघीय संसद्का दुवै सदनको अवरोध हटाउने विषयमा प्रधानमन्त्री प्रचण्ड, केपी शर्मा ओली र शेरबहादुर देउवाबीच सिंहदरबारमा बैठक जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
संसद्को जारी अवरोध हटाउने विषयमा सहमति जुटाउने प्रयासका लागि बैठक बसेको सचिवालयले जनाएको छ ।