TodayPati

मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय बनाएको भन्दै एमालेविरुद्ध राजविराजमा बृहत् बिरोध प्रदर्शन

शुभ नारायण यादव–
सप्तरी, असार २१ गते ।

संसद् अवरोधले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि मिटरब्याज पीडितले बिहिबार सप्तरीको सदरमुकाम राजविराजमा बृहत् बिरोध प्रदर्शन गरेका छन्।

जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम राजविराज आएर पीडितहरूले नेकपा एमालेविरुद्ध विभिन्न नारा लगाउँदै र्‍याली सहित बृहत् बिरोध प्रदर्शन गरेका हुन्।

Sponsored

मिटरब्याजीपीडित संघर्ष समितिको आह्वानमा सप्तरीको विभिन्न गाउँ–गाउँबाट पीडितहरू सदरमुकाम राजविराज पुगेर संसद् अवरोध गरेर मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने एमालेविरुद्ध बृहत् बिरोध प्रदर्शन गरेका हुन्।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *