TodayPati

पुरानै पद्धतिमा एसईईको नतिजा आउने

टुडेपाटी-
काठमाडौँ, असार १९ गते ।

पुरानै ग्रेडिङ पद्धति अनुसार कक्षा १० को नतिजा सार्वजनिक गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष अनुसार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। 

यस पटकका लागि पुरानो निर्देशिकाअनुसार बोर्डले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० का परीक्षा नियन्त्रक विष्णु नारायण श्रेष्ठले जानकारी दिए। 

Sponsored

बोर्डले २०७९ को नतिजा शुक्रबारभित्रमा सार्वजनिक गर्ने तयारी गरेको छ। ‘परीक्षा सार्वजनिक गर्ने अन्तिम तयारीमा छौ। शुक्रबारभित्रमा सार्वजनिक गर्छौ, श्रेष्ठले भने। ‘

लेटर ग्रेडिङ अनुसार सबै विषयमा ३५ प्रतिशत नतिजा नआउने विद्यार्थीको नन ग्रेडेड हुने भन्ने छ। तर, बोर्डले यो वर्ष उक्त निर्णय कार्यान्वयन नगर्ने भएको हो।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *