TodayPati

भारतबाट पेट्रोलको मूल्य घटेर र डिजेलको मूल्य बढेर आयो, निगम नाफामा

टुडेपाटी–
काठमाडौँ, असार १७ गते ।

नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ ।

आईओसीले पठाएको मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १४ पैसा घटेर र डिजल २ रुपैयाँ १६ पैसा बढेर आएको छ ।

Sponsored

त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १६१ रुपैयाँ घटेर आएको निगमले जनाएको छ ।

ग्यासको मूल्य घटेर आएपछि निगमलाई अब ग्यासमा नोक्सानी नरहेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

नेपाल आयल निगम हाल नाफामा छ ।

Sponsored

निगमलाई अब पेट्रोलमा प्रतिलिटर १२ रुपैयाँ, ग्यासमा प्रतिसिलिण्डर ७ रुपैयाँ, डिजेलमा १३ रुपैयाँ नाफा रहेको प्रवक्ता ठाकुरले जानकारी दिए ।

यस्तै मट्टितेलमा प्रतिलिटर २७ रुपैयाँ, हवाई इन्धनमा निगम आन्तरिकतर्फ प्रतिलिटर ३७ र बाहृयतर्फ ५७ रुपैयाँ नाफामा छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *