TodayPati

संघ सरकारको बजेट बहुमतले पारित

टुडेपाटी-
काठमाडौं, असार १३ गते ।

संघ सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेट बहुमतबाट पारित भएको छ ।

प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको छ ।

Sponsored

बुधबार आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो ।

नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत पर्‍यो । जुन प्रतिनिधिसभाको बहुमत हो ।

संसद सचिवालयका पूर्वसचिव सोमबहादुर थापाले नेपालको इतिहासमा विनियोनन विधेयकमाथि मतदानको यो पहिलो घटना भएको बताए ।

Sponsored

बुधबार प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये २५५ जना मतदानमा सहभागी भएका थिए । जसमध्ये १०८ जनाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *