TodayPati

जनमत पार्टीले बजेटको समर्थन नगर्ने

टुडेपाटी-
काठमाडौं, असार १३ गते ।

सत्ता घटक दल जनमत पार्टीको संसदीय दलको बैठकले आर्थिक वर्ष २०८०/८१ को बजेटको समर्थन नगर्ने निर्णय गरेको छ।

जनमतका अध्यक्ष डा. सीके राउतले गरीब र मधेशी जनताको हितमा नरहेका कारण बजेटलाई समर्थन नगर्ने निर्णय गरिएको बताए।

Sponsored

उनले देशकै अर्थतन्त्र धराशायी भइराखेको वेलामा लूटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट कुनै पनि हालतमा स्वीकार्य नहुने बताए ।

जनमत पार्टी मन्त्री पदकै लोभमा अरू पार्टी जस्तो समर्थन नगर्ने उनले बताए ।

डेढ महीना बजेटमाथि बहस गर्ने तर अन्तिममा आएर त्यही बजेटलाई संशोधन विना समर्थन गरिदिने निरर्थक संसदीय अभ्यास रहेकाले जनमत पार्टीले समर्थन नगर्ने निर्णय गरिएको जनमत पार्टीले जनाएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *