TodayPati

ललिता निवास प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ अनुमति

टुडेपाटी-
काठमाडौँ, असार १३ गते ।

ललिता निवास निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले कूल ४०६ जना प्रतिवादीविरुद्ध पपक्राउ अनुमति लिएको छ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यसबारे जानकारी दिएको हो ।

Sponsored

मंगलबार सीआईबीले सरकारी लिखत किर्ते गरेर बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको कसुरमा सातजनालाई पक्राउ गरेको थियो । जसमध्ये अदालतबाट यसअघि नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको थियो ।

पक्राउ पर्ने अन्यमा पूर्व आयुक्त सुधिर शाह, व्यवसायी मीनबहादुर गुरुङ, तत्कालीन खरदार गोपाल कार्की र तत्कालीन शाखा अधिकृत धर्मप्रसाद गौतम रहेका छन् ।

ब्युरोका अनुसार जग्गा फिर्ता गर्ने २०९ जना, पशुपति टिकिन्छा गुठीको नाममा जग्गा दर्ता गरेका ११० जना, छुट जग्गा दर्ता गर्ने १३ जना, निवास परिसर विस्तार सट्टापट्टा तथा शोधभर्ना गर्ने ७४ जना रहेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *