भारतमा रेलले किच्दा १६ मजदुरको मृत्यु
टुडेपाटी-
औरंगाबाद, वैशाख २६ गते ।
शुक्रबार बिहान भारतमा रेलले किच्दा १६ मजदुरको मृत्यु भएको छ । बाँकी ५ जना घाइते भएका छन् ।
महाराष्ट्रको औरंगाबादमा शुक्रबार बिहान साढे ५ बजे रेलले किच्दा १६ आप्रवासी मजदुरको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।
ती मजदुर रेलको लिकमा सुतिरहेका बेला रेलले किचेको बताइएको छ । घाइते ५ जनलाई औरंगाबादस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ ।
दक्षिण मध्य रेलवेका प्रमुख पीआरओले बीबीसीसँग कुरा गर्दै रेल दुर्घटनामा १६ मजदुरको मृत्यु भएको र ५ जना घाइते भएको पुष्टि गरेका छन्। उनले भनेका छन्, ‘मलाई लाग्छ, ती मजदुर लिकमा सुतिरहेका थिए
।’
औरंगाबादकी एसपी मोक्षदा पाटिलका अनुसार ती मजदुर औरंगाबादनजिक जालनाको स्टिल कारखानामा काम गर्थे । उनीहरू भुसावलतर्फ गइरहेका बेला दुर्घटना भएको हो । उनीहरूलाई त्यहाँ एउटा रेलको व्यवस्था गरिने भनिएको थियो ।
दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ले दुःख व्यक्त गरेका छन् ।
Sponsored
ट्विट गर्दै मोदीले भनेका छन्, ‘महाराष्ट्रको औरंगाबादमा रेल दुर्घटनामा भएको जनताको मृत्यु अत्यन्त दुःखद छ । रेल मन्त्री पियुष गोयलसँग कुराकानी भएको छ। सबै घटना उनलाई थाहा छ । सक्दो सहयोग गरिनेछ ।’