TodayPati

भंगहा नगरपालिकाको बजेट ५९ करोड 

टुडेपाटी-
महोत्तरी, असार ११ गते ।

महोत्तरीको भंगहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि अनुमानित ५९ करोड रुपैयाँ बजेट ल्याएको छ । आइतबार नगरपालिकाको १२ औं नगरसभामा मेयर संजिव कुमार साहले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन् ।

कृषि, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतलाई समेटेर ५८ करोड ९७ लाख १८ हजार अनुमानित बजेट तथा नीति तथा कार्यक्रम ल्याएको हो ।

Sponsored

सशर्त अनुदान तर्फ २३ करोड, प्रशासनिक खर्च र अन्य चालू तर्फ ११ करोड २३ लाख १८ हजार, पूर्वाधार निर्माण तथा अन्य योजना कार्यक्रम तर्फ २४ करोड २१ लाख र प्रदेश विशेष एवं सम्पूरक अनुदान तर्फ ५० लाख रुपैयाँ विनियोजन गरिएको मेयर साहले बताए ।

बजेट स्रोत संघीय सरकारबाट प्राप्त अनुदान ४८ करोड ९२ लाख १८ हजा, आन्तरिक राजश्व तथा आम्दानी ८ करोड र प्रदेश सरकारबाट प्राप्त अनुदान २ करोड ५ लाख रुपैयाँ रहेको छ ।

नगरसभामा उपमेयर शान्ति कुमारी सिंहसहित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत डा.श्रवण कुमार साह लगायत कर्मचारीहरुको सहभागीता थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *