TodayPati

जनक नन्दनी गाउँपालिका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको भागबन्डामा करारमा आफन्त भर्ना

टुडेपाटी-
जनकपुरधाम, असार १० गते ।

धनुषाको जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतले भागबन्डामा आफन्त एवं नातेदारलाई कार्यालयमा जागिर लगाएको पाइएको छ

गाउँपालिका अध्यक्ष दिपिन देव यादव, उपाध्यक्ष कमला सहगल र प्रमुख प्रशासकिय अधिकृत अयोधि दासले ऐन भागबन्डा र सेटिङ्मा आफन्त नातेदारलाई करारमा भर्ना गरेको खुलासा भएको हो ।

Sponsored

भर्खरै अनमि सहायक चौथो तहको प्रकाशित गरेको नतिजामा प्रमुख प्रशासकिय अधिकृत र उपाध्यक्षको बुहारीलाई छनौट गरिएको छ ।

गत बैशाख २४ गते अनमि सहायक चौथो तह पदपूर्तिका लागि प्रकाशित सूचना अनुसार जेठ २९ गते लिइएको सेवा सम्बन्धी विषयगत, लिखित परीक्षा र अन्र्तवार्ता जेठ ३२ गते सञ्चालन भएकोमा असार ७ गते पदपूर्ति समितिको निर्णय अनुसार अनमि सहायक चौथो तहमा प्रमुख प्रशासकिय अधिकृत अयोधी दासकी बुहारी नितु कुमारी गुर्मछान र उपाध्यक्ष कमला सहगलकी बुहारी सुमित्रा मैया ठकुरीलाई सफल उम्मेदवार घोषित गरिएको हो । अन्य उम्मेदवारहरु सुदिक्षा सहगल र बैनिशा खरेलको नाम वैकल्पिकमा राखिएको छ ।

यसअघि रोजगार संयोजकको लागि गाउँपालिकाले निकालेको विज्ञापनमा अध्यक्ष यादवका भतिजो रंजन कुमार मरितालाई छनोट गरिएको थियो ।
स्थानीय इन्द्रजीत गोइतले तीनैजना सेटिङमा पालिकामा भ्रष्टाचार र ब्रह्मलुट मच्चाएको आरोप लगाए । भागबन्डा गरि आआफ्ना मान्छे छनोट गरेको उनको गुनासो छ ।

Sponsored

पालिका अध्यक्ष यादवले इलाका प्रहरी कार्यालय खजुरीको प्रतिनिधिको उपस्थितिमा खुला परीक्षा भएको बताउँदै यसमा कुनै चलखेल नभएको दाबी गरेका छन् ।
‘दक्ष र सक्षम उम्मेदवारलाई नै परीक्षामार्फत छनौट गरिएको छ । यसमा अध्यक्ष, उपाध्यक्ष अथवा प्रशासकीय अधिकृतको नातेदार पर्नु संयोग मात्र हो ।

प्रमुख प्रशासकिय अधिकृत दासले आफूहरुले कार्यविधि अनुसार नै उम्मेदवारको नाम छनौट गरेको दाबी गरे । नातेदार पर्नु संयोग मात्र भएको उनको तर्क छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *