TodayPati

महोत्तरीमा जन्मसिद्धका सन्तानले पाउन थाले नागरिकता, धनुषामा आइतबारदेखि

टुडेपाटी–
जनकपुरधाम, असार ८ गते ।

सर्वोच्च अदालतले राष्ट्रपतिले प्रमाणिकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि महोत्तरीमा नागरिकता वितरण सुरु भएको छ ।

जन्मसिद्ध नागरिकका सन्तानले महोत्तरीमा आजैबाट नागरिकता पाउन थालेका छन् ।

Sponsored

बिहिबार सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएपछि शुक्रबारदेखि नागरिकता वितरण सुरु गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले जानकारी दिए ।

उनका अनुसार नागकिरता वितरणका लागि वडा कार्यालयलाई सिफारिस गरिदिन जिल्ला प्रशासन कार्यालयले सबै पालिकालाई पत्राचार गरिसकेको छ।

धनुषामा भने आइतवारबाट जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण गरिने भएको छ।

Sponsored

आज पालिकाहरुलाई पत्राचार गर्ने र जनप्रतिनिधि तथा वडा सचिवहरुसँग छलफलपछि आइतवारबाट नागरिकता वितरण सुरु गरिने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *