TodayPati

मन्त्रीको निधनमा आज सुदूरपश्चिम प्रदेशमा शोक बिदा

टुडपाटी-
जनकपुरधाम, असार ६ गते ।

सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर शोक बिदा दिएको छ ।

सुदुरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको सवरी दुर्घटनामा निधन भएको शोकमा आज यस प्रदेशमा शोक बिदा दिइएको हो ।

Sponsored

मन्त्री सिंहको शोकमा प्रदेशस्थित सरकारी कार्यालयका झण्डा आधा झुकाइनेछ ।

गृह जिल्ला बझाङ गइरहेका बेला मंगलबार केदारस्यूँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो । दुर्घटनामा सिंहकी पत्नी अमृता र भाउजू जयादेवी सिंहको पनि निधन भएको छ ।

चालक धर्मराज जोशी र निजी सुरक्षा गार्ड दीपक भण्डारीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *