बजेट संशोधन नभए पास हुन दिदैनौं : डा. सीके राउत
टुडेपाटी-
काठमाडौँ, असार ४ गते ।
सांसदहरुको मागअनुसार बजेट संशोधन नभए बजेट पास हुन नदिने जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले बताएका छन् ।
सोमवार प्रतिनिधिसभा अन्तरर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष डा.राउतले बजेटमा सांसदका मागहरु सम्बोधन हुनेगरी बजेट सशोधन नभए सत्तापक्षका सांसदहरुले नै बजेट पास हुन दिन नहुने बताएका हुन् ।
अध्यक्ष राउतले पूर्वाधार विकास समितिले सुझावसहित बजेट संशोधनको प्रश्ताव लैजान माग गरे ।
‘सरकार पक्षका सांसदहरुलाई पनि आग्रह गर्न चाहन्छु । मधेश प्रदेश भन्दा सूदुरश्चिममा ६ गुणा बढी बजेट गएको छ । सूदुरपश्चिम प्रदेशको जनसंख्या भनेको २६ लाख छ भने मधेश प्रदेशको ६१ लाख रहेको छ । जनसंख्या वा मानवविकास सूचाङ्कको आधारमा हो भन्ने बजेट सिद्धान्तको आधारमा बजेट निर्धारण गरिनुपर्छ । त्यो अनुसार बजेट संशोधन गर्नुपर्छ’, उनले भने ।
सुझावसहित बजेट संशोधनको प्रस्ताव कार्यान्वय नभएपनि सरकारले ल्याएको बजेट संशोधनको आवश्यकता रहेको उनले बताए ।
Sponsored
एकजना मन्त्रीले मात्रै बजेट बनाउने भए २७५ सांसदहरु आवश्यकता नभएको भन्दै निर्वाचित भएर आएका सांसदहरुको कुरा सरकारले सुन्नुपर्ने उनले जिकिर गरे ।