नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य, शतकबाट चुके भुर्तेल
टुडेपाटी–
काठमाडौं, असार ३ गते ।
विश्वकप क्रिकेट छनोटमा घरेलु टोली जिम्बाव्वेलाई नेपालले जितका लागि २९१ रनको लक्ष्य दिएको छ ।
हरारेमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २९० रन बनाएको हो ।
नेपालका लागि ओपनरद्वार कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट पारी खेले । कुशल शतक पूरा गर्नबाट १ रनले चुके ।
यस्तै आसिफ शेख ६६ रनमा आउट भए ।
कुशल मल्ल ४१ तथा रोहितकुमार पौडेल ३१ रनमा आउट भए । गुल्सन झा १३ रनमा आउट भए भने भीम सार्कीले खाता नै खोल्न सकेनन् ।
Sponsored
जिम्बाव्वेका रिचर्ड नागरभाले ४ विकेट लिए ।