जिम्बावेविरूद्ध नेपालको राम्रो सुरूवात
टुडेपाटी–
काठमाडौं, असार ३ गते ।
आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिता आजबाट जिम्बावेमा सुरू भएकोमा नेपालले घरेलु टिमविरूद्ध पहिले ब्याटिङ गर्दै राम्रो सुरुवात गरेको छ ।
टस हारेर घरेलु टिम जिम्बावे विरुद्ध ब्याटिङ्ग गरिरहेको नेपालले राम्रो सुरुवात गरेको छ ।
नेपालको ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ५० रनको साझेदारी गरिसकेका छन्।
नेपालले १८ ओभरको समाप्तीमा विनाविकेटको क्षतिमा ७६ रन जोडेको छ। नेपालका लागि कुशल ४७ र आसिफ २५ बनाएर खेलिरहेका हुन्।
यसअघि नेपालका कुशल भुर्तेलले १ रनमा जीवनदान पाएका थिए। विकेट पछाडि उनको क्याच जिम्बावेका शिकन्दर राजाले ड्रप गरेका थिए।
Sponsored