TodayPati

देशको विभिन्न ठाउँमा बाढी पहिरोको वितण्डा :२५ जना बेपत्ता

टुडेपाटी-
जनकपुरधाम, असार ३ गेत ।

गएर राति परेको भारी वर्षाले देशको विभिन्न भागमा बाढी पहिरोले २५ जना बेपत्ता भएका छन् । सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरमा बाढी पहिरोमा परी २५ जना बेपत्ता भएका छन् भने एकजनाको मृत्यु भएको छ ।

सङ्खुवासभाको हेँवा खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु हुनुको साथै १६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । जिल्लाको पाँचखपन नगरपालिका ५ मा बाढीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

Sponsored

बाढीले चैनपुर ४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोमा क्षति पुर्र्याको छ । उक्त परियोजनामा काम गर्ने १६ मजदुरहरू सम्पर्कविहीन रहेको जनाइएको छ । सम्पर्क विहीन भएकाहरूको अवस्था अज्ञात छ ।

काम गर्ने १९ मजदुरमध्ये ३ जना भने सम्पर्कमा आएका छन् । ‘उनीहरुले आफूहरूलाई पनि बगाउन लागेको थियो । साथीहरूलाई के भयो थाहा भएन भनेका छन्, हामी खोजी गरिरहेका छौँ,’ सङ्खुवासभा प्रहरी प्रमुख वीरेन्द्र गोदारले भने । सुपर हाइड्रो बाढीका कारण क्षतिग्रस्त भएको उनले बताए ।

गएरातिको पहिरोमा पुरिएर पाँचथरको सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा एकै परिवारका तीनसहित चारजना बेपत्ता भएका हन् ।

Sponsored

यादव बुढाथोकी, उनकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल बेपत्ता भएका हुन् । सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बुका अनुसार वेपत्ता भएका चारै जनाको खोजीकार्य जारी छ ।

गएराति ताप्लेजुङमा भारी वर्षा भएको थियो । प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण संकलनको काम जारी छ ।

यस्तै पाँचथरमा बाढीमा परेर पाँच जना बेपत्ता भएका छन् । बाढीमा पाँचजना बेबपत्ता र ९ वटा घर बगाएको विवरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । भीषण वर्षाको कारण आएको बाढीले ठूलो भौतिक क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ । तर, विवरण आउन बाँकी रहेको जनाएको छ ।

बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *