TodayPati

विश्वकप छनोट : नेपाल भोली जिम्बाब्वेविरुद्ध खेल्ने

टुडेपाटी–
काठमाडौँ, असार २ गते ।

नेपाल आईसीसी विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत आइतबार जिम्बाब्वेसँग पहिलो म्याच खेल्ने भएको छ ।

जिम्बाब्बेमा हुन लागेको छनोट प्रतियोगितामा नेपाल पहिलो खेलमा नै टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

Sponsored

आइतबार दिउँसो नेपाली समयअनुसार १२ः४५ बजे नेपालले आयोजक जिम्बाब्वेसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टिम जिम्बाब्वेविरुद्ध प्रतिस्पर्धा गर्न नेपाललाई निकै गाह्रो हुनेछ । नेपालभन्दा जिम्बाब्वे निकै बलियो टिम हो ।

विश्वकप छनोटअघि नेपालका कप्तान रोहितकुमार पौडेलले टेस्ट राष्ट्रसँग खेल्न पाउँदा निकै उत्साहित भएको बताएका छन् । कप्तान रोहितले भनेका छन्, ‘विगत दुई वर्षदेखि हामीले विश्वकप छनोटको निकै मेहनत गरिरहेका थियौं । टेस्ट राष्ट्रहरूसँग खेल्न पाउँदा हामी उत्साहित छौँ ।’

यता, जिम्बाब्वेका कप्तान क्रेग एर्विनले तयारी राम्रो रहेकाले प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने प्रतिक्रिया दिएका छन् ।

Sponsored

असार ३ देखि २४ गतेसम्म हुने विश्वकप छनोटमा आयोजक जिम्बाब्वेसहित १० टिमको सहभागिता रहेको छ ।

जसमा समूह ‘ए’ मा आयोजक राष्ट्र जिम्बाब्वेसँगै नेपाल, विश्वकप विजेता वेष्ट इन्डिज, नेदरल्यान्ड्स र अमेरिका छन् ।

समूह ‘बी’ मा विश्वकप विजेता श्रीलंका, आयरल्यान्ड, यूएई, स्कटल्यान्ड र ओमान छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *