जनकपुरधाम आएर नेम्वाङले भने : यो बजेट पास हुन दिँदैनौँ
टुडेपाटी–
जनकपुरधाम, असार २ गते ।
जनकपुरधाममा आएका नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पास हुन नदिने बताएका छन् ।
मधेश प्रदेश सभा सदस्यहरूलाई प्रशिक्षण दिन जनकपुरधाम आएका उनले सरकारले ल्याएको बजेट भेदभावपूर्ण रहेको जिकिर गर्दै संसद्बाट कुनै पनि हालतमा पास हुन नदिने बताएका हुन् ।
उनले भौतिक मन्त्रालयबाट ५ अर्बको बजेटमध्ये ५१ प्रतिशत बजेट ४ वटा जिल्लामा र बाँकी ४९ प्रतिशत बजेट ७३ जिल्लामा दिने गरी भेदभावपूर्ण रूपमा गरिएको बजेटको समर्थन गर्न नसकिने बताए ।