मधेश प्रदेश : बजेटमा परेन छात्रालाई साइकल र ल्यापटप बाँड्ने कार्यक्रम
टुडेपाटी–
जनकपुरधाम, असार २ गते ।
मधेश सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि ल्याएको बजेटमा मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गतको छात्रालाई साइकल र ल्यापटप वितरण कार्यक्रम स्थगित गरेको छ ।
शनिबार मधेश सरकारले शनिबार ल्याएको बजेटमा यी दुबै योजनाका लागि बजेट विनियोजन गरेको छैन ।
सरकारले बजेटअघि ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल वितरणलाई निरन्तरता दिने र कक्षा १२ मा अध्ययनरत छात्रालाई ल्यापटप वितरण गर्ने भनेको थियो ।
तर विगतमा साइकल वितरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी अधिकारीमाथि मुद्दा चलाएको र पाँच हजार साइकल वितरण नभएर मधेश भवनकै एक गोदाममा कवाड बनिरहेको छ ।
यी दुई योजनाको साटो सरकारले कक्षा आठदेखि १२ सम्मको छात्राको लागि मासिक सेनेटरी प्याड वितरण गर्ने नयाँ कार्यक्रम ल्याएको छ ।
Sponsored
त्यस्तै मुख्यमन्त्री बेटी बचाउ बेटी पढाउ कार्यक्रमअन्तर्गत जारी छोरी बिमा, छात्रवृत्ति, लोकसेवा तयारी कक्षालाई भने बजेटले निरन्तरता दिएको छ ।