डा. सीके राउत र रेशम चौधरीबीच भेटघाट
टुडेपाटी–
काठमाडौँ, असार १ गते ।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीबीच भेटघाट भएको छ ।
जेलबाट रिहा भएपछि चौधरीले पहिलो पटक जनमत पार्टीका अध्यक्ष राउतलाई उनकै पार्टी कार्यालयमा पुगेर भेटेका हुन् ।
बिहीबार नेता चौधरी जनमत पार्टीको कार्यालयमै पुगेर राउतसँग भेटेका हुन् ।
यता, नेता चौधरीले यो सामान्य राजनीतिक भेटघाट मात्र रहेको र जेलबाट निस्केपछि सबै साथीभाइ तथा नेताहरुलाई भेट्ने क्रममा सीके राउतसँग भेटेको बताएका हुन् । उनले राउतसँगको भेटघाटको खास उद्देश्य नभएको बताए ।
चौधरीले अगामी दिनमा कसरी मिलेर जाने भन्ने विषयमा यसपछिका भेटमा छलफल हुने बताउँदै परिवर्तनका लागि वैकल्पिक शक्तिहरु मिल्नुपर्नेमा जोड दिए ।
Sponsored
नेता चौधरी जेलमा भएका बेला नागरिक उन्मुक्ति र जनमत पार्टीबीच कार्यगत एकताका लागि सहमति भएको थियो । त्यो सहमतिअनुसार सहकार्य भने भएन ।