TodayPati

मधेश प्रदेशको आर्थिक वृद्धिदर १.९० प्रतिशत रहने अनुमान

टुडेपाटी–
जनकपुरधाम, जेठ ३२ गते ।

मधेश प्रदेशमा चालु आर्थिक वर्ष २०७९÷८० मा आर्थिक वृद्धि दर १.९० प्रतिशत रहने अनुमान गरिएको छ ।

चालु आवमा यस प्रदेशका प्रति व्यक्तिको आम्दानी ८७५ अमेरीकी डलर रहने अनुमान गरिएको अर्थमन्त्री संजयकुमार यादवले बताएका छन् ।

Sponsored

बिहिबार प्रदेशसभा बैठकमा मधेश सरकारले आफ्नो पहिलो आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै प्रदेशको समग्र स्थितिको बारेमा जानकारी दिएको छ ।

आर्थिक सर्वेक्षण अनुसार मधेश प्रदेशको लागि चालु आवमा विनियोजित रकममध्ये आजसम्ममा चालु तर्फ २८.६८ प्रतिशत र पुँजिगत तर्फ ३२.२९ गरी कुल ३०.६८ प्रतिशत बजेट खर्च भएको अर्थमन्त्री यादवले जानकारी दिए ।

आव २०७८/७९ मा कृषि, वन, मत्स्यपालन क्षेत्रमा १.३४ प्रतिशत वृद्धि दर भएतापनि चालु आवमा सुधार भई ३.३२ प्रतिशत हुने अनुमान गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *