TodayPati

मधेशका मुख्यमन्त्री यादवले दोश्रो पटक पाए सिंगो सदनको विश्वासको मत

टुडेपाटी-
जनकपुरधाम, जेठ ३० गते ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोश्रो पटक सिंगो सदनको विश्वासको मत पाएका छन् । आज अकास्मिक रुपमा बसेको प्रदेशसभा बैठकमा उपस्थित १०३ सांसदको विश्वासको मत पाएका हुन् । उनलाई प्रमुख प्रतिपक्षीसहित नेकपा एमालेसहित सदनाका सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् ।

नेकपा एमालेले जेठ १ गते समर्थन फिर्ता लिएपछि आज ३० औं दिन अकास्मिक रुपमा विश्वासका मत लिएका हुन् । मुख्यमन्त्री यादव यसअघि पहिलो पटक माघ ४ गते प्रदेशसभामा सिंगो विश्वासको मत पाएका थिए । पुस २७ गते मधेश प्रदेशसभाको ठूलो दल नेकपा एमालेसहितका दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए । समीकरण फेरिएपछि चैत २१ मा मधेश सरकारबाट बाहिरिएको एमाले जेठ १ गते समर्थन फिर्ता लिएको थियो ।

Sponsored

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिन प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने कानुनी व्यवस्था छ । प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० र माओवादी केन्द्रका ९(९, एकीकृत समाजवादीका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एकरएक जना सांसद छन् । यस्तै ३ जना स्वतन्त्र सांसद छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *