मधेस प्रदेश : एमालेले समर्थन फिर्ता लिएको ३० औं दिनमा मुख्यमन्त्री यादव विश्वासको मत लिँदै
टुडेपाटी-
जनकपुरधाम, जेठ ३० गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले एमालेले समर्थन फिर्ता लिएको ३० औं दिनमा विश्वासको मत लिन लागेका हुन ।
संवैधानिक व्यवस्था अनुसार सरकार निर्माणमा सहभागी भएको दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनु पर्ने व्यवस्था छ ।
नेकपा एमाले सरकार निर्माणको क्रममा सहभागी भएकाले मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव आज साँझ ५ बजे प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रदेशसभाका सचीव रंजितकुमार यदवले जानकारी दिए ।
नेकपा एमालेले जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
प्रदेशसभामा १०७ जना सांसद रहेकाले बहुमतको लागि ५४ जना सांसदको आवश्यकता रहेको छ ।
Sponsored
हाल प्रदेश सरकारमा एमाले बाहेक सबै दल सरकारमा सहभागी रहेको छ ।