TodayPati

प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रतिलिपि झिकाउन सर्वोच्चको आदेश

टुडेपाटी–
काठमाडौं, जेठ २६ गते ।

सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको प्रतिलिपि झिकाउन आदेश दिएको छ।

शुक्रबार सर्वोच्चका न्‍यायाधीश प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि झिकाउन आदेश दिएको हो।

Sponsored

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उक्त प्रमाणीकरणविरूद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए।

स‍र्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारले गरेको प्रमाणीकरण गराउन अनुरोध गर्ने जेठ १२ गतेको निर्णय र राष्ट्रपति पौडेलबाट जेठ १७ गते भएको प्रमाणीकरणको प्रतिलिपि राष्ट्रपति कार्यालय शीतल निवासबाट झिकाउन आदेश दिएको हो।

यस्तै, जेठ ३० गते अन्तरिम आदेश छलफलको पेशी समेत तोकिएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *