एसियाकपबाट पाकिस्तान बाहिरिने सम्भावना
टुडेपाटी–
काठमाडौँ, जेठ २४ गते ।
आगामी सेप्टेम्बरमा हुने एसियाकपबाट बाहिरिन सक्ने पाकिस्तानले चेतावनी दिएको छ।
श्रीलंका, बंगलादेश र अफगानिस्तानले हाइब्रिड मोडलमा आयोजना गर्ने पाकिस्तानको प्रस्ताव अस्वीकार गरेको दाबी अन्तराष्ट्रिय सञ्चारमाध्यमले गरेका छन्। योसँगै पाकिस्तानले एसियाकप आयोजनाको जिम्मेवारी नपाउँदा अन्यत्र हुने प्रतियोगितामा सहभागिता नजनाउने पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष नजम सेठीले बताएका छन्।
पाकिस्तानले यो पटक एशियाकप आयोजनाको जिम्मेवारी पाएको थियो। तर सुरक्षाको कारण देखाउँदै भारतले पाकिस्तानमा प्रतियोगिता खेल्न जान अस्विकार गरेसँगै पाकिस्तानले भारतलाई सहभागिताका लागि विभिन्न विकल्पहरु प्रस्तुत गरिरहेको छ।
जसमा पाकिस्तानले हाइब्रिड मोडल अन्तर्गत भारतका खेलहरु पाकिस्तान बाहिर आयोजनाको प्रस्ताव गरेको छ।
तर पाकिस्तानको यो प्रस्तावमा श्रीलंका, बंगलादेश र अफगानिस्तानले अस्विकार गर्दै पाकिस्तान क्रिकेट बोर्डलाई पत्र पठाएको दाबि गरिएको छ।
Sponsored
उनीहरुले एसियाकप पाकिस्तान बाहेक अन्य एसियाली देशमा आयोजना हुनु पर्ने प्रस्ताव गरेका छन्।
पिसिबीका अध्यक्ष नजम सेठीले पाकिस्तानमा एसियाकपका कुनैपनि खेल आयोजना नहुने भएमा पाकिस्तानले एसियाकप नखेल्ने बताएका छन्।
दैनिका भास्करका अनुसार उनले एसियाकपमात्र होइन विश्वकपको खेलनै पाकिस्तानका लागि संसयमा पर्ने चेतावनी समेत दिएका छन्।