देशमा कर नै कर छ, विकास छैन : अमरेश सिंह
टुडेपाटी–
काठमाडौं, जेठ २३ गते ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा देशमा कर नै कर लिने गरे पनि विकास नभएको बताएका छन्।
मंगलबार बसेको प्रदेशसभा बैठकबा बोल्दै उनले भने, ‘अहिले नेपाल यस्तो देश भयो, जहाँ कर छ विकास छैन । कर नै करको देश। जे मा पनि कर। तर विकास छैन।’
देशमा प्रहरी भए पनि सुरक्षा नभएको, अदालत भए पनि न्याय नभएको, मुलुक भए पनि भरोसा नभएको पनि उनले बताए।
उनले भने, ‘बजेटको मात्र विषय होइन जनताले भरोसाको कुरा गरेका छन् । यो मुलुकमा जनताको भरोसाको कुरा हो। भोलि आउने अर्थमन्त्रीमाथि पनि मानिसहरूले पहिलेदेखि नै भन्छन्( त्यही हो कुन बिचौलियाले करको दर फेरबदल गराउँछ।’
अर्थ मन्त्रालय बिचौलियाबाट मुक्त हुनुपर्ने उनले बताए।
Sponsored