TodayPati

मधेश प्रदेश : गाउँपालिका कार्यालयमा विद्यार्थीले गरे तोडफोड

टुडेपाटी–
जनकपुरधाम, जेठ २२ गते ।

सर्लाहीको चन्द्रनगर गाउँपालिका कार्यालयमा चन्द्रनगर पोलिटेक्निक इन्ष्टिच्यूटका विद्यार्थीहरुले सोमबार तोडफोड गरेका छन् ।

नाराबाजी गर्दै इन्ष्टिच्युटबाट पालिका कार्यालय पुगेका विद्यार्थीले टायर बालेर प्रदर्शन गर्दै ढुंगामुढा गरेका छन् ।

Sponsored

तोडफोडबाट पालिकाको एउटा डोजर र कार्यालयमा सामान्य क्षति पुगेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी कैलाश राईले बताए । क्षतिको विवरण संकलन भइरहेको उनले जानकारी दिए ।

विद्यार्थीहरुले वडा नं। २ बबरगञ्जमा रहेको गाउँपालिका अध्यक्ष राजकुमार महतोको घरमाथि पनि ढुंगामुढा गरेको उनका स्वकीय सचिव उमेश साहले बताए ।

नियमित पठनपाठन, शिक्षक भर्ना र निमित्त प्रिन्सिपल नियुक्तिको माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

Sponsored

२०७६ सालमा स्थापना भएको इन्ष्टिच्यूटको शिक्षक अभावका कारण पठनपाठन नियमित हुन सकेको छैन ।

यता गाउँपालिका अध्यक्ष महतोले आफू निर्वाचित भएर आएपछि सुधार गर्न खोज्दा केही व्यक्तिले विद्यार्थीलाई उचालेर सार्वजनिक सम्पत्ति तोडफोड गराएको आरोप लगाए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *