TodayPati

मधेश प्रदेश : मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

टुडेपाटी–
सर्लाही, जेठ २१ गते ।

दुईवटा मोटरसाइकल एक आपसमा जुध्दा सर्लाहीको मानपुरमा एक युवकको ज्यान गएको छ ।

बसबरिया गाउँपालिका–१ मानपुरमा शनिबार अबेर साँझ दुइटा मोटरसाइकल एकआपसमा जुध्दा स्थानीय १८ वर्षीय रवीन्द्र कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sponsored

मृतक यादव प्रदेश–२–०२००१प ११३४ को मोटरसाइकमा जाँदै गर्दा पछाडीबाट बीआर ०६एके २१७० नम्बरको भारतीय प्लेटको मोटरसाइकलले ठक्कर दिएको थियो ।

ठक्कर दिने भारतीय नम्बर प्लेटको मोटरसाइकल सहित त्यसका चालक सोही ठाउँका मनोजकुमार यादवलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएकोमा मनोज भने प्रहरी नियन्त्रणबाट उम्किन सफल भएका छन् ।

गाउँमा भीड बढेको तथा प्रहरीको संख्या कम भएकाले मनोज भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

Sponsored

ठक्कर दिनेको नाम र ठेगाना खुलिसकेकाले उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *