प्रदेश २ मा थप १७ जना कोरोना संक्रमित भेटिए, जम्मा संख्या ९९ पुग्यो
टुडेपाटी-
वीरगञ्ज, वैशाख २४ गते ।
पर्साका १७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका थप १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । १७ जनामा एकजना दुईमहिने शिशु पनि कोरोना संक्रमित रहेको जनाएको छ । उनीहरुसबै वीरगञ्जका हुन् ।
यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।
Sponsored