राष्ट्रपति पौडेल जनकपुर आउँदै, नागरिकता विधेयक प्रमाणिकरण गरेकोमा अभिनन्दन गरिने
टुडेपाटी-
जनकपुरधाम, जेठ २१ गते ।
राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधाम आउने भएका छन् । अगामी जेठ जेठ ३१ गते राष्ट्रपति पौडेल धार्मिक भ्रमणका लागि जनकपुर आउन लागेका हुन् ।
सोही अवसर पारेर उनलाई जनकपुरधाममा नागरिक अभिनन्दन समेत गर्ने तयारी गरिएको छ ।
नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको अगुवाइमा जनकपुरधामको उद्योग वाणिज्य सङ्घको राजर्षि जनक सभा हलमा भएको सर्वदलीय बैठकमा राष्ट्रपति पौडेललाई जनकपुरधामको तिरहुतिया गाछीमा नागरिक अभिनन्दन गर्ने निर्णय भएको हो ।
राष्ट्रपति पदमा निर्वाचित भएपछि पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको खुसीयालीमा उनलाई नागरिक अभिनन्दन गर्न लागिएको नेता निधिले बताए । राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक जनाकपुर आउन लागेका हुन् ।
Sponsored