TodayPati

रौतहटको वडा कार्यालयमा तोडफोड गर्दा पक्राउ परेका १८ विद्यार्थी तारेखमा छुटे

प्रमोद सहनी –
रौतहट, माघ २३ गते ।

वडा कार्यालयमा तोडफोड गरेको आरोपमा पक्राउ परेका १८ जना विद्यार्थी साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत रौतहटको आदेशमा विद्यार्थीहरुलाई साधारण तारेखमा रिहा गरिएको हो ।

बुधबार रौतहटको गरुडा नगरपालिका २ को वडा कार्यालय तोडफोड गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरी १८ जना विद्यार्थीमाथि सार्वजनिक सम्पति तोडफोड अन्तर्गत अपराधिक उपद्रव मुद्दा चलाएको हो । बिहीबार कारबाहीको लागि विद्यार्थीहरुलाई जिल्ला अदालत पेश गरिएको थियो ।

Sponsored

कम उमेरका विद्यार्थी भएकाले उनीहरुलाई प्रहरी हिरासतमा राख्न नमिल्ने भएकाले साधारण तारेखमा अभिभावकको जिम्मा लगाउने अदालतले आदेश दिएको जनाएको छ । सोही अनुसार विद्यार्थीहरुलाई अभिभावकलाई जिम्मा लागाइएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले टुडेपाटीलाई जानकारी दिए ।

पढाइ राम्ररी नभएको भन्दै स्थानीय श्रीमाध्यमिक विद्यालयका विद्यार्थीहरुले बुधबार दिउँसो गरुडाको २ नम्बर वडा कार्यालयमा तोडफोड गरेका थिए । तोडफोडबाट वडा कार्यालयको महत्वपूर्ण कागजात, फर्निचर, कम्प्युटर लगायतको सरसमान नष्ट भएको छ ।

तोडफोड लगतै प्रहरीले १८ जना विद्यार्थीलाई इलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरी हिरासतमा लिएको थियो । उनीहरुलाई कारबाहीको लागि बिहीबार प्रहरीले जिल्ला अदालत रौतहटमा पेश गरेको थियो ।

Sponsored

पढाई नभएको भन्दै रौतहटको एक वडा कार्यालयमा तोडफोड, १८ विद्यार्थी पक्राउ

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *