नेपालमा सबैभन्दा बढीको मातृभाषा नेपाली, दोश्रोमा मैथिली
टुडेपाटी-
जनकपुरधाम, जेठ १९ गते ।
नेपालमा झण्डै ४५ प्रतिशत जनसंख्याको मातृभाषा नेपाली रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को शुक्रबार सार्वजनिक मातृ भाषासम्बन्धी तथ्यांकअनुसार नेपालको कुल जनसंख्याको ४४.८६ प्रतिशत मातृभाषा नेपाली छ ।
जसअनुसार नेपालको कुल २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्या मध्ये १ करोड ३० लाख ८४ हजार ४५७ जनाको मातृभाषा नेपाली हो ।
नेपालीपछि दोश्रोमा मैथिली मातृभाषा हुनेको संख्या धेरै छ । ३२ लाख २२ हजार ३८९ जना अर्थात ११.०५ प्रतिशतको मातृभाषा मैथिली छ ।
त्यस्तै भोजपुरी ६.२४ प्रतिशत, थारु ५.८८, तामाङ, ४.८८, बजिका ३.८९, अवधि २.९६, नेवारी २.९६ र २.७८ प्रतिशतको मातृभाषा मगर धुत रहेको छ ।
जनगणनाअनुसार नेपालमा १२७ भाषाभाषी छन् ।
Sponsored
सबभन्दा कम कुसुण्डा भाषाका छन् । यो भाषा मातृभाषा हुनेको संख्या २३ जना मात्र छ ।