प्रेमीले प्रेमिकालाई छुरा हानी-हानी हत्या गरे, स्थानीय मुकदर्शक बनिरहे
एजेन्सी-
जकपुरधाम, जेठ १८ गते ।
भारतको नयाँदिल्लीमा एक युवकले एक किशोरीको हत्या गरेका छन् । नयाँदिल्लीको शाहबाद डेयरी क्षेत्रमा एक युवकले १६ वर्षीया किशोरीलाई छुरा प्रहार रोपी रोपी हत्या गर्छन् । जुन दृश्य सिसीटिभी फुटेजमा कैद भएको छ ।
गएको आइतबार बेलुका ८ः४५ मा शाहबादको एक गल्लीमा युवती हिँडिरहेकी छन्। त्यहाँ पहिल्यैदेखि पर्खिरहेका साहिल खानले १६ वर्षीया साक्षीलाई अचानक चक्कु प्रहार गर्न थाल्छन् । १६ पटकसम्म चक्कु प्रहार गरेपछि ती युवकले उनीमाथि ढुंगाले पनि प्रहार गर्छन् । सीसीटीभी फुटेजमा देखिएअनुसार प्रत्यक्षदर्शीहरूले युवकले गरिरहेको आक्रमण देख्छन्, हेर्छन्, कुनै हस्तक्षेपबिना अघि बढ्छन् ।
करिब डेढ मिनेटको उक्त भिडिओमा एक युवकले उक्त आक्रमण रोक्न खोज्छन्, तर त्यहाँ जम्मा भएको अरु कोही मान्छेले ती व्यक्तिलाई मद्दत गर्दैनन्। आक्रमणकारीले सहयोग गर्न खोजेका युवकलाई पनि आक्रमण गर्न खोजेपछि उनी पनि त्यहाँबाट भाग्छन् । त्यो समयमा त्यहाँ धेरै युवाहरू उभिएर घटना हेरिरहेको देख्न सकिन्छ ।
आक्रमणपछि आक्रमणकारी त्यहाँबाट चुपचाप जान्छन्। घटनापछि जम्मा भएको उत्तेजक भीडले बालिकालाई अस्पताल सम्म लैजाने प्रयास गर्दैनन्।
शाहबाद डेयरीकी बासिन्दा इन्दिरावतीका अनुसार घटनाको करिब एक घण्टापछि मात्रै घटनास्थलमा प्रहरी आएको थियो। प्रहरीले नै उनलाई अस्पताल पु¥याएको थियो, तर चिकित्सकले उनलाई मृत घोषित गरे । प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्त साहिल र ती किशोरी एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ । घटनापछि फरार अभियुक्त साहिल खानलाई प्रहरीले २४ घण्टापछि उत्तर प्रदेशको बुलन्द शहरबाट पक्राउ गरेको छ ।
Sponsored