मिटर ब्याजसम्बन्धी कानूनले समाजमा विकृति फैलायो : प्रदेश सांसद सिंह
टुडेपाटी–
जनकपुरधाम, जेठ १७ गते ।
मधेश प्रदेशका सांसद सरोजकुमार सिंहले सरकारले ल्याएको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी कानुनले समाजमा विकृति फैलाएको बताएका छन् ।
बुधबार बसेको प्रदेशसभा बैठकमा बोल्दै उनले बिना छलफल फास्ट ट्र«याकको माध्यमबाट ल्याइएको मिटरब्याज सम्बन्धी कानुनले समाजलाई विभाजित गरेको बताए ।
संघ सरकारले सामाजिक बन्धन र सद्भावमाथि प्रहार गरेको उनले आरोप लगाए ।
मुलुकी ऐन र मुलुकी देवानी संहिताले तमसुक वडा कार्यालयमा दर्ता गर्नुपर्ने स्पष्ट रहेको भन्दै उनले सरकारले फास्ट ट्रयाकबाट ल्याएको अनुचित लेनदेन सम्बन्धी अध्यादेशले समाज विचलित भएको बताए ।
सरकारले मिटरब्याज सम्बन्धी कानुन ल्याउँदा निम्न वर्गका व्यक्ति पनि अप्ठयारोमा परेको उनले बताए ।
Sponsored