सांसदहरू वडाध्यक्षको लेबलमा आए : बालेन
टुडेपाटी-
जनकपुरधाम, जेठ १६ गते ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले ल्याएको बजेटमा सांसदहरुलाई संसदीय विकास कोष खर्चको नाममा दिएको ५ लाख रुपैयाँप्रति टिप्पणी गरेका छन् ।
उनले सांसदहरू वडाध्यक्षको तहमा आएको टिप्पणी गरेका हुन् ।
‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो,’ उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीयज्यूहरूरु’
सांसद विकास कोषको लागि ८ अर्ब २५ करोड रूपैयाँ विनियोजन गरिएको महतले बताएका थिए।