संघ सरकारको बजेटमा परेन जनकपुरधामको रामजानकी बहुउदेश्यीय रंगशाला
टुडेपाटी–
काठमाडौँ, जेठ १५ गते ।
जनकपुरधाममा निर्माणाधीन रहेको रामजानकी बहृउदेश्यीय अन्तराष्ट्रिय रंगशाला संघ सर सरकारको बजेटमा परेको छैन् ।
जनकपुरधामको रजौलमा निर्माण भइरहेको रंगशाला संघ सरकारको बजेटमा परेको छैन् ।
यस्तै, सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रूपमा विकास गर्ने भएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन्।
सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने समेत जनाएको हो।
Sponsored
विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला, बैतडीमा दशरथ चन्द क्रिकेट रंगशाला, कैलालीमा फाप्ला क्रिकेट रंगशाला र काठमाडौंमा सुवर्णशमसेर क्रिकेट रंगशाला निर्माण गरिने बताइएको छ।